0
Shares
काठमाडौँ । आज पश्चिमीका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी, मधेस र बागमती प्रदेशमा आंशिक प्रभाव रहेको छ । अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागको अनुमान छ । यी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक र दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।