रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश नभएको बताएका छन् ।
महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको चन्द्रपुर नगरपालिकाको बालचनपुरमा शुक्रबार आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले सांसदहरु जनता प्रति उत्तरदायी नभएको बताए ।
‘सांसदहरु दलको कारिन्दा भएका छन् । जनताबाट निर्वाचित भए पनि उनीहरु जनता प्रति उत्तरदायी भएन् । उनीहरु दलप्रति उत्तरदायी भए । जनताको आवश्यक्ता, चाहना के हो बुझेनन सांसदहरु’ साहले भने, ‘मुलुक र जनताको आवश्यक्ता के हो सांसदहरुले बुझने काम गरेरन वा बुझेर पनि बुझ पचाए जस्तो गरे, त्यसैले देशको विकास भएन् ।’
जनताको मतबाट निर्वाचित सांसदहरु जनताको आवश्यक्ता, चाहना बुझनुपर्ने उनले बताए । जनताको चाहना र आवश्यक्ता बुझेर दललाई सोही बाटोमा हिडाउनुपर्ने भए पनि उनीहरु दलकै कारिन्दाको रुपमा काम गरे । खासमा सांसदहरुले जनताको कुरा सुन्ने, बुझने, उनीहरुको आवश्यक्ता पुरा गर्ने काम गर्नुपर्ने आजपा अध्यक्ष साहको भनाई रहेको छ ।
मुलुक र जनताको अवस्था गम्भिर संकटबाट गुज्रिरहेको बताउँदै साहले अहिले आर्थिक अवस्था कसरी हुन्छ माथि उठाउँदै मुलुकलाई समृद्ध बनाउँनुपर्ने दिशामा लाग्नुपर्ने सांसदहरु बाटो विराएको बताए ।
दलका शीर्ष नेताहरुको हालीमुहाली गर्ने, जनताको कुरा सुन्नुपर्नेमा दलका नेताहरुको कुरा सुन्ने काम सांसदले गरिरहेकाले मुलुक समृद्धि नभएको उनले बताए । मुलुकको समस्या बुझने र सोही अनुसार कानून निर्माण देखी संसदमा भुमिका निर्वाह गर्नुको साटो सांसदहरु दलका नेताहरुको ‘जि हजुरी’ गर्नमा व्यस्त रहेको उनले बताए ।
‘बडादशैं, शुभ दिपावली तथा छठी माताले सांसदहरुलाई सदबुद्धि दिउन, जनताको पक्षमा बोल्ने शक्ति प्रदान गरुन, सरकारको गलत कामको विरोध गरुन र मुलुकको बारेमा आवाज उठाउने शक्ति प्रदान गरुन भन्ने म कामना गर्न चाहन्छु’ साहले भने ।
आफ्ना दलका नेताहरु भ्रष्टाचारमा लिप्त हुदाहुदै समेत सांसदहरुले विरोध नगर्नु, जनतको कुरा नसुन्नु, दलका नेताहरुको आदेश पालक नभई जनताको आदेशपालक सांसद हुनुपर्ने उनले बताए ।