यस्तो छ दशैँमा तीन दिनको मौसम, यी प्रदेशमा वर्षाको सम्भावना

0 Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । दशैँको सप्तमी (२४ गते), अष्टमी र नवमी (२५ गते) र दशमी (२६ गते) हुने मौसमको जानकारी सार्वजनिक गरेको हो ।

यी दिनहरूमा कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

यस्तै, यी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

साथै यी दिनमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाको दाबी रहेको छ । यस वर्ष देशैभर मौसम नबाहिरिँदा दशैँमा कस्तो होला भन्ने जिज्ञासा रहँदै आएको छ ।

सम्बन्धित समाचार