खाद्य व्यवस्थाले ५२८ खसीबोका बेच्न सफल

0 Shares

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५२८ खसीबोका र च्याङ्ग्रा बिक्री गरेको छ । कम्पनीले एक हजार २७९ खसीबोका र च्याङ्ग्रामध्ये ५२८ बिक्री गरिएको जनाएको हो ।

कम्पनीले ९९४ खसीबोकामध्ये ४३८ बिक्री गरेको छ । यस्तै, २८५ वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बिक्री गरेको हो । कम्पनीले असोज २० देखि १० रुपैयाँ छुटसहित खसीबोका र च्याङ्ग्रा बेच्दै आएको हो ।

कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६६० रुपैयाँमा बिक्री गर्दै छ । च्याङ्ग्राको मूल्य प्रतिकिलो १२२० रुपैयाँका दरले बेचिएको छ ।

कम्पनीले यो दशैँमा खसीबोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचार