0
Shares
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग दशैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन देशभरबाट बाहिरिने सम्भावना छ ।
महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् ।
‘यसपटक मनसुन बाहिरिने समय र दशैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ उनले भनिन्, ‘तसर्थ यो दशैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’