भ्रष्टाचारको अभियोगमा पालिका पूर्वउपाध्यक्ष, अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा दायर

0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोशी गाउँपालिकाका पूर्व उपाध्यक्ष उर्मिला खड्का र प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको हो । आयोगले गाउँपालिकाका तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, तत्कालीन इन्जिनियर सुबोधकुमार चापागाईसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

गाउँपालिका वडा नम्बर तीन जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न बनेको उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदा बजेट निकासा भएको, भवनको लम्बाई लामो छोटो भएको, पिलर तथा टाई बिमको साइज घटीबढी गरेको, पुरानो भवनको सामग्रीमा वडाध्यक्षले बेचेर आएको आयोगले अभियोग छ ।

उनीहरूविरुद्ध आयोगले १२ लाख ८९ हजार ३२० भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार