0
Shares
काठमाडौं । सरकारले काठमाडौँ उपत्यकासहित १४ जिल्लालाई संकटग्रस्त रुपमा घोषणा गरेको छ । शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ, ललितपुर, भक्तपुरसहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको एक मन्त्रीले बताए ।
गत शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएपछि संकटग्रस्त जिल्ला घोषणा गरेको ती मन्त्रीले बताए । राहत, पुर्ननिर्माण र पुर्नस्थपना गर्न सरकारले संकटग्रस्त जिल्ला घोषणा गरेर काम गर्न लागेको हो ।