काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

0 Shares

काठमाडौँ । जिल्लाको कीर्तिपुरको ल्याबोरेटोरी सुन्दरीघाट नजिक मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२-०३६ प ७७४९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना भएको थियो । घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ सोह्रखुट्टे बस्ने १८ वर्षीय रेकिन श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार