0
Shares
काठमाडौं । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवा लिन आएका युवकको मृत्यु भएको छ । अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापा मगर रहेका छन् । मुटुको जाँच गर्न आएका उनी टिकट काट्न लाइनमा बसेका थिए ।
युवकलाई तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गरिएको थियो । यस क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको थियो ।
थापा बिहान १० बजे अस्पताल पुगेका थिए । दुई दिन सार्वजनिक बिदापछि अस्पताल खुलेकाले बहिरंग सेवाको टिकट लिने लामो लाइन लागेको थियो ।