व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न आदेश

0 Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका उनलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको थियो ।

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको कसुरमा उनीविरुद्ध दुई वटा मुद्दा दर्ता गरिएको थियो । उनलाई विद्युतीय अपराधमा असोज ६ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

उनीविरुद्ध पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग दाबी गरिएको थियो ।

सम्बन्धित समाचार