काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको छ । उनी १० दिन लामो अमेरिका भ्रमण सकेर फर्किएका हुन् ।
प्रधानमन्त्री ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । विमानस्थल स्रोतका अनुसार ओलीको स्वागत गर्न आन्तरिक तथा बाह्य रोकिएको हो ।
ओलीको अवतरणका लागि अहिले काठमाडौँमाथिको आकाशमा आएका जहाजहरूलाई होल्ड गरिएको छ । उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ४ गते (शुक्रबार) अमेरिका पुगेका थिए ।
यसैबीच देशमा भारी वर्षासँगै आएको बाढी पहिरोमा परी झण्डै दुई सय जनाले ज्यान गुमाएका थिए । विपदको बेला गैरजिम्मेवारी बनेको भन्दै उनको आलोचना भइरहेको छ ।
बाढी पहिरोमा परी तीन दजर्नभन्दा बढी बेपत्ता छन् । देशमा विपद हुँदा सामाजिक सञ्जालमा स्टाटस लेखेर बसेका ओली पूर्वनिर्धारित कार्य तालिकाअनुसार स्वदेश फिर्ता भएका हुन् ।