नेप्सेमा हरियाली हुँदा १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

0 Shares

काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ ।

सोमबार ३३५ कम्पनिको कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर एक लाख ६० हजार ५७९ पटक कारोबार हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२  मा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज नेशनल हाइड्रोसहित सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको शेयर मूल्य सबैभन्दा बढी ४.७१ प्रतिशतले घटेको छ ।

आज गुडविल फाइनान्सको सबैभन्दा बढी ४६ करोड ५२  लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्री भएको छ ।

सम्बन्धित समाचार