स्वास्थ्य, शिक्षा, कृषि मन्त्रालयप्रति बेवास्ता, गृह र अर्थमा नै किचलो

0 Shares

काठमाडौँ । स्वास्थ्य, शिक्षा, कृषि मन्त्रालयप्रति बेवास्ता गरिएको छ । तर नयाँ गठबन्धन बनेसँगै महत्वपूर्ण मानिने गृह र अर्थ मन्त्रालयमा दलहरूले आफूले पाउनु पर्ने दाबी गरेका छन् । गृह र अर्थमा एमाले, माओवादी केन्द्र र रास्वपा तीनै दलले दाबी गरेपछि सत्तारूढ दलमा शक्ति बाँडफाँटको विषय पेचिलो बन्ने छ ।

माओवादी पछिल्लो समय अर्थ छोड्नै नहुने निष्कर्षमा पुगेको छ । गृहमा आफूलाई निरन्तरता दिनुपर्ने पक्षमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लागेका छन् । तर, गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले एमालेले गृह र अर्थ पाउनुपर्ने दाबी गरेको छ । यी दुईमध्ये एक अनिर्वाय रूपमा एमालेले आफूसँग राख्न खोजेको छ । प्रचण्ड र ओलीका बीचमा गृह एमाले र अर्थ माओवादीले राख्ने आन्तरिक सहमति भइसकेको स्रोतको दाबी छ ।

उता, रास्वपा सभापति रवि लामिछानेकै नेतृत्वमा गृह मन्त्रालयसहित सरकारमा जान रास्वपा चाहन्छ । रास्वपाले गत १० पुसकै पोजिसनमा सरकारमा आफ्नो सहभागिता हुनुपर्ने जनाएको छ । रास्वपाले गृह तथा उपप्रधानसहित तीन मन्त्रालय पाएको थियो भने एक राज्यमन्त्रीसमेत पाएको थियो । रास्वपाले गृहसहित चार मन्त्रालयमा दाबी गरेको छ । गृहमा अरूले दाबी गरे पनि रास्वपाले गृह छोड्न नसक्ने जनाएको छ ।

सम्बन्धित समाचार