0
Shares
काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा पाँच पुरुष र एक महिला छन् । उनीहरूको पहिचान हुन बाँकी रहेको छ ।
बस बुधबार बिहान ५ बजे अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो । बसमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।