0
Shares
काठमाडौं । धादिङको गजुरीस्थित गलौदीमा त्रिशूली नदीमा बस खसेको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेँसीमा दुर्घटनामा परेको छ । बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको छ ।
उद्धार गरिएकालाई नजिकैका अस्पतालमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।