जहिले पनि गृह मन्त्रालय नै किन रोज्छन् रवि ?

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृह मन्त्रालय नै रोजेका छन् । यसभन्दा अघि पनि उनले गृहमन्त्रालय नै रोजेका थिए ।

संसदीय निर्वाचनपछि एमालेको समर्थनमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा पनि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यसैमा टेकेर अहिले पनि लामिछानेले आफ्नो पार्टीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय नै पाउनुपर्ने अडान राखेका छन । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाउँदा पार्टीबाट आफैले नेतृत्व गरेर सरकारमा जाने चाहना लामिछानेले राखेका छन ।

गृहमन्त्रालय ‘पावरफूल’ मन्त्रालय भएकाले पनि रवि लामिछानेले उक्त मन्त्रालय रोजेका हुन् । कहिले दोहोरो नागरिकता त कहिले सहकारीको रकम हिनामिना गरेको आरोप उनलाई लाग्दै आएको छ । गृहमन्त्रालयको जिम्मेवारी लिएपछि सामान्यतया कमैले मात्र ‘औला उठाउने’ भएकाले पनि लामिछानेले गृहमन्त्रालयको दावी गर्दै आएका छन् ।

अहिले गृहमन्त्रालय पाउनका लागि एमाले र रास्वपा दुबैले दाबी गरेका छन् । अहिलेसम्म गृह मन्त्रालय कसलाई दिने भन्ने बिषयमा छलफल भइरहेको र निर्णय भइनसकेको बताइएको छ । एमाले र रास्वपा दुबैले गृह मन्त्रालय आफूले पाउने दाबी गर्दै आएका छन् । दुई दलबीच गृह मन्त्रालयको बिषयलाई लिएर रस्साकस्सी चलेको छ ।

सम्बन्धित समाचार