0
Shares
काठमाडौं । बुधबार नेप्से परिसूचक २.११ अङ्कले बढेर २९६८.४४ बिन्दुमा कायम भएको छ ।
आज ३३७ कम्पनीको ४ करोड १४ करोड ५४ हजार ६११ कित्ता शेयर दुई लाख १४ हजार ३१९ पटक खरिद बिक्री भयो । यस क्रममा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ९९२ बराबरको कारोबार भएको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६६ करोड दुई लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार १३० कित्ता शेयर किनबेच भएको छ ।