अब बुधबार मात्र शेयर बजार खुल्ने

0 Shares

काठमाडौँ । अब बुधबार मात्र शेयर बजार खुल्ने भएको छ । सार्वजनिक विदाका कारण शेयर बजार २ दिन बन्द हुने भएको हो ।

सोमबार सरकारले रक्षाबन्धनमा सार्वजनिक विदा दिएको छ । यसकासाथै, गृह मन्त्रालयले मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने भएको छ ।

यससँगै शेयर बजार अब बुधबार मात्र खुल्ने भएको हो । अब यो साता बुधबार र बिहीबार मात्र शेयर कारोबार हुनेछ ।

सम्बन्धित समाचार