‘जेब्रा क्रसिङ’मा हिँडेका बालकलाई बसको ठक्कर दिँदा मृत्यु

0 Shares

काठमाडौं । चितवनको भरतपुरमा बसले ठक्कर दिँदा बालकको मृत्यु भएको छ ।

नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको हो ।

गएराति भरतपुर महानगर ७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

माडी नगरपालिका ८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर ७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए ।

सम्बन्धित समाचार