0
Shares
काठमाडौं । विं.सं. २०७८ साउन १० मा पहिलोपटक तीन हजार विन्दु पार गरेको नेप्से सूचकले आज साताको अन्तिम कारोबार दिन सोही रेकर्ड बनाएको छ ।
यस्तै, कारोबार रकममा समेत ऐतिहासिक कीर्तिमान कायम गर्दा नेप्से सूचक ४३.०५ अंकले बढेको छ । आज झण्डै ३० अर्ब शेयर कारोबार भएको बजारमा १३ मध्ये ८ वटा समूहका सूचक सकारात्मक भयो ।
नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता सहकार्यसँगै तीव्र गतिमा उकालो लागेको नेप्सेले यसपटक नयाँ कीर्तिमान कायम गर्ने लगानीकर्ताले विश्वास लिएका छन् ।
सूचक र कारोबार रकममा उच्च अंकले बृद्धि भएको नेप्सेमा आज हिमालयन रि इन्स्योरेन्स कारोबार रकममा सबैभन्दा अग्रस्थानमा रह्यो । हिमालयन रिको ९ हजार ४० पटक सेयर किनबेच हुँदा कारोबार रकम ९१ करोडको भयो । यस्तै, सानिमा मै हाइड्रोको पनि कारोबार रकम ८३ करोड २३ लाख रुपैयाँको भयो ।