नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.८१ प्रतिशतले बढ्यो

0 Shares

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.८१ प्रतिशतले बढेको छ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२.३४ प्रतिशतले बढेर ५९ अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ११.५८ प्रतिशत बढेर ५५ अर्ब ३५ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

यस्तै इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ भने कुल दाबी भुक्तानी १२.६५ प्रतिशत बढेर ४९ अर्ब ४६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ। इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ । चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको रिटेन्ड अर्निङ्गमा ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार