गृह मन्त्रालयले मिटरब्याज पीडितलाई वार्तामा बोलाएको छ ।
देशका विभिन्न भागबाट २३ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरूलाई वार्तामा आउन आग्रह गर्दै पत्र पठाएको हो । मन्त्रालयले आज मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्र पठाएको हो ।
उक्त पत्रमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमको हस्ताक्षर रहेको छ। पत्रमा कुशवाहाको नेतृत्वमा मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
मन्त्रालयले वार्तामा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुन पनि अनुरोध गरेको छ । उक्त पत्रमा लेखिएकोछ, ‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ ।