बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन

0 Shares

सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखेका छन् ।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्य सम्पादन गर्न निर्देशन दिए ।

उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रुपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए ।

त्यस अवसरमा उपकुलपति प्रा.डा. स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए ।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए । उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन भयो ।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगर १८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे । उनी आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ ।

सम्बन्धित समाचार