0
Shares
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
८ मंसिरदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठक जारी रहेको हो ।
बिहीबारको बैठकले होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको थियो ।