0
Shares
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ । बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
आज तराईका भू-भाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने छ ।