मंसिर ३ गते बिहीबार तपाईको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८३ साल मंसिर ३ गते बिहीबार । सन् २०२६ नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर । कार्तिक शुक्लपक्षको दशमी तिथि । बिहान ६ बजेर २९ मिनेटमा झुल्किएको घाम बेलुकी ५ बजेर ८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

तपाईंका हरेक कार्य व्यवहारको प्रशंसा र कदर भइ प्रतिष्ठा बढ्ने समय छ । अध्ययन अध्यापन एवम् व्यापार व्यवसायमा पनि प्रगति हुने देखिन्छ । धन मान यश ऐश्वर्य प्राप्तिको योग छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिएला । प्रेमभाव वृद्धि, आमोदप्रमोदो अवसर, मित्रजनको साथ सहयोग मिल्नेछ । रोकिएको काम अघि बढ्नेछ ।

बृष

पराक्रम एवम् आत्मविश्वास जागृत भइ नयाँ काम र जिम्मेवारी हात पर्नसक्ने समय छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । वौद्धिक एवम् रचनात्मक कार्यले प्रतिष्ठा दिलाउला । पारिवारिक समस्याको समाधान मिल्ने योग छ । मित्रजनको साथ–सहयोगले सुख वृद्धि गराउनेछ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि भइ यात्रापरक काम सर्थक रहनेछ ।

मिथुन

नियमित कार्यमा जागरुकता आउनुका साथै रोकिएका घरेलु कामकाज क्रमशः बन्ने समय छ । वौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइएला । ब्यापार व्यवसायमा पनि फाइदा हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष सफलता मिल्ने योग छ । सभा समारोहमा भएको उपस्थितिले मान प्रतिष्ठा दिलाउला ।

कर्कट

आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ । स्वास्थ्य केही कमजोर रहेपनि सहयोगीजनका कारण नियमित कार्य सुचारु रहला । परिवारको साथले कर्मबल वृद्धिको अनुभूति हुनेछ । मित्रजनको साथ मिठो भोजन प्राप्तिको योग छ ।

सिंह

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालन कार्यमा विशेष फाइदा होला । पढाइलेखाइमा पनि प्रगति हुनेछ । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्नसक्ने योग छ । आरोग्यबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । यात्रा सुखद रहनेछ ।

कन्या

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । ऋण सापटी लिनदिन आजको दिन अनुकूल रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । व्यवसायिक कार्यमा लगानी बढ्नेछ र त्यसको दूरगामी असर फाइदाजनक नै हुनेछ । समस्यामा साथीसंगीको सहयोग प्राप्त हुनेछ ।

तुला

साहसपूर्ण कार्य वा क्रियाकलापप्रति मन आकर्षित हुने समय छ । यात्रागत कार्यबाट धन आर्जन होला । रमाइलो भेटघाटको योग छ । आयबलका साथै यश वर्चश्व बढ्नेछ । नियमित कर्म सन्तोषजनक रहनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

वृश्चिक

जोखिमयुक्त काममा मन जाने समय छ । सोचसमझ राखेर कदम अघि बढाउनु हितकर हुनेछ । कुनै विषयले खिन्नता पनि बढ्न सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनाले नियमित काममा जाँगर चल्नेछ । कर्मबल बढ्नेछ । सहयोगीजनको साथले रोकिएको काम बन्ने छ ।

धनु

मध्यम खालको दिन छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिश्रमअनुसारको उपलब्धि पाइएला । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । बौद्धिक कार्य लभदायी सावित हुनेछ । मित्रजनको साथ भने नमिल्न सक्छ, जटिल काम पनि आफ्नै बलबुतामा सम्पन्न गर्ने प्रयास गर्नु उचित हुनेछ ।

मकर

मिश्रित फलदायी समय छ । निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । जोखिम र संघर्ष बढ्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । शारीरिक अस्वस्थताको सम्भावना छ, तर नियमित आम्दानीमा कमी आउने छैन । प्रतिकुलताका बाबजुद दायित्व निर्वाह गर्नुहुनेछ ।

कुम्भ

कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सामथ्र्य वृद्धि हुने समय छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरीतलिंगीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ ।

मीन

परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । बोली र व्यवहारप्रति अत्यन्त सजग रहनुपर्ने छ । अन्यथा विवाद र झैझगडाको अवस्था पैदा हुन सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा आंशिक सफलता मिल्ने समय छ ।

सम्बन्धित समाचार