मौरीको आक्रमणबाट वीरबहादुरले गुमाए ज्यान

0 Shares

बर्दिया । वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु भएको छ ।

घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका ४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले कार्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि बेहोस अवस्थामा उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्याइएको थियो ।

उपचारकै क्रममा दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

वीरबहादुरको घरको सिलिङमा करिब दुई महिनादेखि पाँच वटा वनमौरीका घार रहेका थिए । मौरीको टोकाइबाट मृत्यु भएका थारुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको छ ।

सम्बन्धित समाचार