एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

0 Shares

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।

त्रिभुवन विश्वविद्यालयमा सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।

काठमाडौंले दिएको १ सय १६ रनको सामान्य लक्ष्य जनकपुरले १७ ओभर २ बलमा दुई विकेट गुमाउँदै भेट्टायो । जनकपुरका लागि मोइन अलीले सर्वाधिक ५८ रन बनाए । ५१ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

जनकपुरका सैफ हसनले ४० रन बनाए । ३९ बलको सामना गरेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।

काठमाडौंका रिपोन मोण्डलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ ओभरको तेस्रो बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको हो ।

काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका राहुल यादवले चार विकेट हात पारे । चार ओभर बलिङ गर्दा उनले ३१ रन खर्च गरे ।

काठमाडौँले ओपनर स्मत पटेललाई १३ रनमा गुाउँदा स्याम हेजलेटलाई मात्र एक रनमा आउट भए । हरिशंकर शाह ९ रन बनाउँदा आउट भए भने रसिद खान १७ रन बनाउँदा पेभिलियन फर्किए ।

टिकेर खेलेका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । सुस्मित महर्जन १० रनमा आउट हुँदा कप्तान करण केसीले १८ बलकाे सामना गरेर मात्र ८ रन जोडे ।

जनकपुरका लागि राहुलले चार विकेट हात पार्दा शैफ हसनले दुई विकेट लिए भने मोइन अली, हर्मित संह र ललितनारायण राजवंशीले एकएक विकेट हात पारे ।

सम्बन्धित समाचार