काठमाडौं । धनुषामा पतिपत्नी नै मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले दिएको जानकारीअनुसार मिथिला बिहारी नगरपालिका वडा नम्बर- ३ मथिलेश्वरमा ३० वर्षीया रिनादेवी यादवको शव फेला परेको हो। रिनाको शव माइतीघरमा भेटिएको खनालले बताए।
‘घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा रिनाको शव भेटिएको छ,’ खनालले भने, ‘रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि ससुराली घरभन्दा करिब १ किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला भेटिएका छन्। हामी अहिले घटनास्थलमै छौँ।’
मिथिला बिहारी नगरपालिका- ४ भरतपुर घर भएका उमेशले ससुराली घरमै गएर गएराति पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ। पत्नीको हत्यापछि उनले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ।
घटनामा उमेश र रिनाका ४ वर्षीय छोरा सम्राट पनि घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको खनालले बताए।
उमेश केही महिनाअघि वैदेशिक रोजगारबाट घर फर्किएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको कारण खुलेको छैन।