यसरी बनाउनु स्वादिलो खसीको मासु

0 Shares

काठमाडौँ । दशैँ नजिकिएसँगै नेपाली घर–परिवारमा मासुका परिकारको तयारी पनि सुरु हुन्छ । दशैँमा विशेषगरी खसीको मासु खाने चलन भएकाले अधिकांश घरमा विभिन्न स्वादका परिकार बनाइन्छन् ।

खसीको मासु स्वादिलो बनाउन धेरै जटिल विधि अपनाउनुपर्दैन । सही मसला र पकाउने तरिका मिलाउन सके घरमै स्वादिष्ट मासु तयार गर्न सकिन्छ ।

चाहिने सामग्री

यसका लागि खसीको मासु, प्याज, टमाटर, अदुवा, लसुन, धनियाँ, जीरा, सुकेको खुर्सानी, बेसार, नुन, खुर्सानीको धुलो, गरम मसला, तोरीको तेल, तेजपत्ता, सुकमेललगायतका मसला आवश्यक पर्छ ।

यसरी पकाउनुहोस्

सबैभन्दा पहिले जीरा र धनियाँलाई पिसेर त्यसमा अदुवा र लसुन मिसाउने । तयार भएको मसलालाई मासुमा राखेर राम्ररी मोल्ने । त्यसमा नुन, बेसार र केही तेल थपेर फेरि राम्रोसँग मिसाएपछि केही समय छोपेर राख्ने ।

अब अर्को भाँडामा तेल तताएर प्याज हाल्ने । प्याज हल्का खैरो भएपछि तेजपत्ता, सुकमेललगायतका साबुत मसला हालेर केहीबेर भुट्ने । त्यसमा मसलामा मोलिएको मासु राखेर राम्रोसँग चलाउँदै पकाउने ।

मासु केहीबेर पाकेपछि तयार पारिएको प्याज–टमाटरको पेस्ट र गरम मसला थप्ने । सबै सामग्री राम्ररी मिसाएर भाँडालाई छोप्ने र मासु राम्रोसँग पाकुन्जेल पकाउने ।

मासु नरम भएपछि आवश्यकताअनुसार झोल वा सुख्खा बनाएर निकाल्न सकिन्छ । यसरी सामान्य सामग्री र सही पकाउने विधि अपनाउँदा दशैँका लागि घरमै स्वादिलो खसीको मासु तयार गर्न सकिन्छ ।

सम्बन्धित समाचार