0
Shares
काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य थप गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ घटेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँ घटेर ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको छ ।