काठमाडौं । सिटिजन्स बैंकले विद्यार्थीलाई न्यानो स्वेटर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश अन्तर्गत जुम्ला शाखाबाट पातावासी गाउँपालिका–७ स्थित रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर दिएको हो ।
विद्यालयमा आयोजित एक समारोहकाबिच यस बैंकको जुम्ला शाखामार्फत सहयोग स्वरुप स्विटरहरु हस्तान्तरण गरेको छ । ग्रामिण भेगका विपन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई जाडाको समयमा विद्यालय जान सहयोग पुग्ने उद्देश्यले न्यानो स्वेटर वितरण गरिएको हो ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बैंकको रहेको जनाएको छ ।
सिटिजन्स बैंकले देशभर २०० शाखा, १६७ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ७८ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।