एनएमबि बैंक, सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच त्रिपक्षीय सम्झौता, लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु

0 Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडले सिटी टेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)सँग लुप नेटवर्कमा ’इसुअर बैंक’को रुपमा आवद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ । यस सहकार्यमार्फत एनएमबि बैंकले आफ्ना ग्राहकका लागि डिजिटल माध्यमबाट सजिलै कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ ।

यस सम्झौतापश्चात् एनएमबि बैंकका ग्राहकहरूले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थानहरूबाट सामान खरिद गर्दा सजिलै इन्स्ट्यान्ट पर्चेज क्रेडिट (लुप क्रेडिट) सुविधा प्राप्त गर्न सक्ने छन् ।

साथै, ग्राहकहरूले आफ्नो एनएमबि डेबिट कार्ड वा क्युआरमार्फत गरिएको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सक्ने छन् । यस सुविधाले ग्राहकहरूलाई तुरुन्तै वित्तीय पहुँच प्रदान गर्दै सामान खरिद गर्न, बजेट व्यवस्थापन गर्न र सरल भुक्तानीको अनुभव लिन मद्दत पुर्‍याउने छ ।

एनएमबि बैंकले हाल देशभर १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गदै आइरहेको छ ।

सम्बन्धित समाचार