१५ प्रतिशतभन्दा बढी सेयर बेच्ने भए पाँच दिनअघि जानकारी गराउनुपर्ने

0 Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने भएको छ ।

बोर्डको नियमन विभागले जारी गरेको पत्रअनुसार यसअघि जारी निर्देशिकामा संशोधनसँगै थप व्यवस्था गरेको हो । धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ को उपदफा (१)बमोजिम बोर्डले निर्देशिका संशोधन गरेको हो ।

संशोधित व्यवस्थाअनुसार, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूसँग भएको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने भएको हो ।

बोर्डले यसअघि आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो ।

सम्बन्धित समाचार