0
Shares
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शाखा समायोजना तथा एकीकरण गर्न पाए पनि कर्मचारी हटाउन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै शाखा समायोजना गर्दा कर्मचारी कटौती गर्न नपाइने व्यवस्था लागू गरेका हो ।
राष्ट्र बैंकले शाखा समायोजन तथा एकीकरण हुने वा भएको कारण सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन जारी गरेको हो ।
शाखा समायोजन वा एकीकरण गरे पनि कर्मचारीलाई नजिकको शाखा वा प्राथमिकता तथा सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्ने उल्लेख छ ।
वित्तीय संस्थाले शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीबाट जानकारी दिनुपर्ने छ ।