लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

0 Shares

गुल्मी । स्थानीय धुर्कोट गाउँपालिका ५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय सिमलचौरस्थित आफ्नै खेतनजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार भण्डारी स्थानीय सिमलचौर र चापटारीस्थित खेतमा पानी लगाउन भनी घरबाट निस्किएको र साँझसम्म घर नफर्किएपछि आफन्त र छरछिमेकीले खोजी गरेका थिए ।

खोजीकै क्रममा आज बिहान खेतनजिकै लत्रिएको बिजुलीको तारमा परी मृत्यु भएको अवस्थामा उनलाई फेला परिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार