0
Shares
काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन औपचारिक रुपमा समापन भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भई १४५ दिनसम्म चलेको यो अधिवेशनमा ६८ वटा बैठक सम्पन्न भएका छन् ।
अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसद्ले यस अवधिमा १२ वटा विधेयक पारित गरेको जानकारी दिए । यस्तै, विपद् व्यवस्थापनसहितका जनसरोकारका विषयमा गम्भीर भूमिका खेलेको जानकारी गराए ।
दोस्रो अधिवेशन असोज १६ गतेसम्म गरी १४५ दिन चलेको थियो । यस अवधिमा ६२ दिनमा ६८ पटक बैठक बसेको संसद् सचिवालयले जनाएको छ ।