मुटुको उपचारका क्रममा बागमती ३ का वडाध्यक्ष मोक्तानको निधन

0 Shares

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ३ का वडाध्यक्ष तिलक मोक्तानको आज निधन भएको छ ।

केही समयदेखि मुटुको उपचारमा रहेका ५२ वर्षीय वडाध्यक्ष मोक्तानको त्रिवि शिक्षण अस्पतालमा निधन भएको छोरा सिद्धार्थ मोक्तानले जानकारी दिए । उपचारकै क्रममा मुटुको शल्यक्रिया गर्ने सन्दर्भमा सघन उपचार कक्षमा पुर्याएलगतै उनको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी भदौको पहिलो साता काठमाडौं आएका थिए । उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट उक्त नगरपालिका ३ को वडाध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधि बनेका थिए ।

उनले आफ्नो राजनीतिक कर्मक्षेत्रमा एउटा असल समाजसेवी र कुशल संगठनकर्ताको छवि बनाएका थिए । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

सम्बन्धित समाचार