आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । बुधबार तोलामा २ हजार ८ सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जसअनुसार आज सुनको मूल्य तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँ नै कायम भएको छ । सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ मंगलबार पनि तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि ४ हजार ४२५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार