बाढी पीडितको स्वास्थ्य उपचार गर्न डेढ करोड सहयोग

0 Shares

काठमाडौं । भोटेकोशी बाढी पीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले एक करोड ५० लाख प्रदान गर्ने भएको छ ।

बिहीबार आयोजित कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार बाढी प्रभावितका लागि स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक संघले उपलब्ध गराउने र सोही आधारमा युएसभी फार्मास्युटिकल्सले सामग्री खरिद गरी प्रभावित परिवारलाई उपलब्ध प्रदान गर्ने छ ।

सम्बन्धित समाचार