0
Shares
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । त्यस्तै आज विभिन्न छ वटा समितिको बैठक पनि बस्दै छ ।