मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का

0 Shares

काठमाडौं । मुस्ताङको लोमान्थाङ आसपास केन्द्रबिन्दु भएर मंगलबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार राति ९ बजेर ५३ मिनेटमा लोमान्थाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको धक्का गण्डकी प्रदेशका विभिन्न जिल्लाका साथै काठमाडौं उपत्यकासम्म महसुस गरिएको थियो। भूकम्पपछि केही समय सर्वसाधारणमा त्राससमेत फैलिएको थियो।

हालसम्म भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरिरहेको जनाइएको छ।

सम्बन्धित समाचार