जेनजी आन्दोलनको एक वर्ष, सहिद दिवस मनाइँदै सार्वजनिक बिदा

0 Shares

काठमाडौं । आज ‘जेनजी’ सहिद दिवस मनाइँदै छ । गत वर्षको भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गत वर्षको भदौ २३ गते संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सोही घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो ।

दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो । देशको सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी हुँदा ८४ अर्बभन्दा बढीको क्षति भएको सरकारी तथ्यांक छ ।

सम्बन्धित समाचार