रास्वपाकै कारण संसद बैठक बस्न ढिलाइ

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदहरूको बैठकका कारण सोमबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ।

दिउँसो १ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक रास्वपाको आन्तरिक छलफल नसकिएका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । सभापति लामिछानेले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि पार्टीका मन्त्री र सांसदहरूसँग छलफल गरिरहेका छन्।

पार्टीको बैठक लम्बिने भएपछि रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सभामुख डोलप्रसाद अर्याललाई प्रतिनिधि सभाको बैठक केही समय पर सारिदिन आग्रह गरेका थिए । प्रमुख सचेतक बुर्लाकोटीको आग्रह र रास्वपा सांसदहरू बैठकमा व्यस्त रहेका कारण निर्धारित समयमा सदनको कारबाही अगाडि बढ्न नसकेको हो।

रास्वपाको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । पार्टीको बैठक सकिए लगत्तै संसद्को बैठक सुरु हुने बताइएको छ।

सम्बन्धित समाचार