सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ: हर्क साम्पाङ

0 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र संसद् जनताप्रति जबाफदेही हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले जनसरोकारका सवालमा सरकार असफल भएको भन्दै प्रधानमन्त्रीले संसद्मा आएर जनताका प्रश्नहरूको दफावार जवाफ दिनुपर्ने समेत बताए ।

उनले विकास निर्माणमा बाधक बनेका झन्झटिला कानुनी अड्चनहरू हटाई सर्वसाधारणले सहजै बुझ्न सक्ने गरी सरल कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । सुनसरी–१ लगायत देशभरका विकास योजनाहरूको ठेक्का प्रक्रिया कार्यविधिको बहाना नबनाई तत्काल अगाडि बढाउनुपर्ने उनले बताए ।

उनले सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा बस्ती भू–माफियाले आफ्नो नाममा पारेको भन्दै पीडित बस्तीबासीलाई न्याय दिन माग गरे ।

सम्बन्धित समाचार