निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाइ हुने

0 Shares

काठमाडौँ । संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान सवा ११ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बस्नेछ । बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित ओखलढुंगाका गुरुप्रसाद वाग्ले र काठमाडौँका डा. राजीव     सुब्बाको सुनुवाइ गर्ने कार्यसूची छ ।

गत असार १९ गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरुमा वाग्ले र सुब्बाको नाम सिफारिश गरेको थियो ।समितिले प्रमुख आयुक्तमा सिफारिस कार्कीको सुनुवाइ भोलि (बुधबार) हुने भएकाले प्रस्तुतीकरणका लागि बोलाइसकेको छ ।

संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो ।

सम्बन्धित समाचार