काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ असार १९ गतेसम्म २४.९ प्रतिशत सम्पन्न भएको छ। पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँको गति सुस्त देखिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये हालसम्म ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ४२ हजार ३५७.९६ हेक्टर (१५.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ।
मधेश प्रदेशमा ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर (१५.६४ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
बागमती प्रदेशमा १ लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार २६.१७ हेक्टर (३३.२१ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१.४ हेक्टर (३८.३३ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७०.८७ हेक्टर (२०.८० प्रतिशत) क्षेत्रमा रोपाइँ भएको छ।
कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर (२८.१५ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
सबैभन्दा बढी प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ। त्यहाँ १ लाख ५४ हजार ९५० हेक्टरमध्ये ८९ हजार ७४२ हेक्टर (५७.९२ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।