ट्राफिक कारबाहीमा १३ लाख राजस्व संकलन

0 Shares

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, संकेत बत्ती उल्लंघनकर्ता ८७ र तीव्रगतिमा सवारी साधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा ‘पार्किङ’ गर्ने ८५ , एकतर्फी सडकमा सवारी चलाउने ५६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २४९ जनालाई कारबाही गरिएको हो ।

सम्बन्धित समाचार