असार १६ गते तपाईको राशिफल कति शुभ?

0 Shares

आज मिति २०८३ असार १६ गते मंगलबार । सन् २०२६ जुन ३० तारिख । नेपाल सम्बत ११४६ तछलाथ्व पुन्ही । जेठ शुक्ल पूर्णिमा, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, ब्रम्हा योग, विष्टि करण । आज बिहान ५ बजेर ११ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ७ बजेर ४ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइने समय छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । तथापि, विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । तर, पारिवारिक समस्याको समाधान मिल्ने छ । यात्रापरक काम बन्ने छ ।

बृष

व्यवसायमा थप लगानी बढाउन सकिने समय छ । स्वास्थ्यस्थितिमा सुधार आउला । कर्मयोग अभिवृद्धि हुनेछ, तर सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने सम्भावना छ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको योग छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।

मिथुन

आजको दिन मन त्यसै(त्यसै फुरुङ्ग रहला । नसोचेको ठाउँबाट धन आउने सम्भावना छ । प्रियजनसँग भेटघाट र प्रशन्नताको समय भएपनि केही चुनौती खडा हुन सक्छ, तर हितैषीजनको सहयेगले समस्याको निराकरण हुने देखिन्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइने योग छ । व्यवसायमूलक भ्रमण हुनसक्छ ।

कर्कट

मिश्रित फलदायी समय छ । आँट र कौशलले जटिल कामसमेत सम्पादन हुनसक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । महत्वपूर्ण योजनामा ढिलासुस्ती र आर्थिक हानी हुनसक्ने योग रहेकोले आजको दिन काममा विशेष सावधानी अपनाउनु उचित हुनेछ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्ने देखिन्छ ।

सिंह

कामबाट सजिलै फुर्सद पाइनुका साथै प्रशन्नता मिल्ने दिन छ । माया गर्ने आफन्तसँग भेटघाट होला । रोकिएका काम बन्नेछन् भने बौद्धिक कार्यमा विशेष सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने देखिन्छ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, ध्यान राख्नुहोला ।

कन्या

बिनाकारण अनेक चुनौती सामना गर्नुपरे पनि आजको दिन आयआर्जनका स्रोत भेटिनेछन् । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ भने राजनीतिमा सक्रिय पात्रका लागि विशेष सफलता प्राप्त हुने समय छ । उन्नति पदोन्नति होला ।

तुला

केही चुनौती वृद्धि हुनसक्ने समय छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउन सक्छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्ला, ध्यान राख्नुहोस् । सन्तानपक्षबाट फाइदा र सुख मिल्ने, रोकिएका काम सुरु हुने योग छ । तर, स्वास्थ्यमा बाधा र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ ।

वृश्चिक

बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । आजको दिन साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । तथापि, धेरै परिश्रमबाट थोरै लाभ मिल्ने र घरखर्च पनि बढ्ने देखिन्छ । शिक्षामा राम्रो प्रगति होला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ ।

धनु

परोपकार र सामाजिक काममा रुचि जाग्ने समय छ । विश्वासमा पारेर धोका दिनेहरूले सताउन खोजेपनि रोकिएका काम बन्न थाल्नेछन् । आरोग्यबल बढ्नुका साथै सुख वृद्धि हुनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् ।

मकर

सामाजिक प्रतिष्ठा बढ्ने तथा मानसम्मान पाइने समय छ । विपरीतलिंगीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । नयाँ सफलता प्राप्त होला । साझेदारीमा भने सम्बन्धमा खटपट आउन सक्छ, अप्ठ्यारोमा पर्नुअघि नै सावधानी अपनाउनुहोला । स्थायी सम्पत्ति आर्जन गर्ने योग छ ।

कुम्भ

बुद्धिको उपयोगले महत्वपूर्ण काम लिने समय छ । बुद्धि(विवेकको उपयोग गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेर विशेष अवसर हात पार्न सकिएला । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । सामर्थ्य वृद्धि होला । काममा सफलता मिल्नुका साथै रमाइलो जमघटमा सरिक हुने योग छ ।

मीन

जटिल समस्यालाई पनि चिर्न सकिने समय छ । कार्यगति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा विदेशमा अध्ययनका लागि अवसर जुर्ने सम्भावना छ । नयाँ उद्योग धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्यमा मन जाला । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ ।

सम्बन्धित समाचार