सवा १० अर्ब भ्रष्टाचार प्रकरणका पाँच आरोपीलाई धरौटीमा छाड्न आदेश

0 Shares

काठमाडौं । विशेष अदालतले ई-पासपोर्ट छपाईमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले विभागका महानिर्देशक अर्याललाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

त्यस्तै, निर्देशक सुनिल कुमार केसीलाई चार लाख, तत्कालीन लेखा अधिकृत सोमेश थापालाई ३ लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाईंलाई जनही ३ लाख, जर्मनी कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ललाई ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट छपाई प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दर्ता गरेको थियो । अदालतले तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।

सम्बन्धित समाचार